सुचना
संक्षिप्त परिचय
म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित अन्नपूर्ण गाउँपालिका जिल्लाको अन्नपूर्ण हिमालको नामबाट राखिएको हो । यस गाउँपालिकाको संरचना नेपाल सरकार संघीयताको सिद्धान्त अनुसार साविकका दोबा, भूरुङ तातोपानी, दाना, नारच्याङ, सिख, घारा, हिस्तान र राम्चे गा.बि.स. मिलेर यो गाउँपालिका बनेको हो । यसको सदरमुकाम अन्नपूर्ण गाउँपालिका व.डा. नं. ६ पोखरेबगरमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिको घान्द्रुक, पश्चिममा रघुगंगा गाउँपालिका वडा नं. १ तिप्ल्याङ, उत्तरमा मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं १ घासा र दक्षिणमा पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. १ पर्दछ । यस गाउँपालिकाको जम्मा वडा संख्या ८ वटा रहेका छन् भने कुल क्षेत्रफल ५५६.४१ वर्ग कि.मी.मा फैलिएको छ। यस गा.पा.मा १६ सदस्यीय कार्यपालिका र ४४ सदस्यीय गाउँ सभाका सदस्यहरु रहि बनेको छ ।
यस क्षेत्रमा ३२ प्रजातिका गुराँस मध्य घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबी लगायत ८ प्रजातिका गुराँसहरु पाइने भएकोले यो क्षेत्रलाई गुराँसको राष्ट्रिय बगैँचा बनाउन सकिने छ। पृष्ठभुमीमा हिमाल माछापुछ्रे, धौलागिरी, अन्नपूर्ण र निलगीरी हिमालको साथसाथै सूर्याेदयको अवलोकनले यस क्षेत्रको पर्यटकीय हिसाबले महत्त्व राखेको पाइन्छ ।
ऐतिहासिक धार्मिक सास्कृतिक पर्यटकीय हरेक दृष्टिकोणले अथाहा संभावना बोकेको अन्नपूर्ण गाउँपालिका भित्र नेपालकै प्रमुख हिमनदी कालिगण्डकी, मिर्स्ति, खोला अादी अबिरल बगिरहेका छन् । जाति, भाषा, संस्कृति तथा धर्मको दृष्टिकोणले साझा फुलबारी झै रहेको यस गाउँपलिका भित्र मगर, क्षेत्री, नेवार, थकाली, गुरुङ, ब्राह्मण, गीरी, खड्का, विश्वकर्मा, दर्जी, किसान लगायतका जातिको बसोबास रहेको छ । आफ्नो जातिय परम्परा र संस्कृतिलाई अनुसरण गर्दै आएका यहाँका मानीसहरु नेपाली भाषाको प्रयोग गर्दछन् । साथै हिन्दु धर्म मान्नेहरुको बाहुल्यता रहे पनि बौद्ध क्रिच्श्रिन र मुस्लिम धर्माबलम्बीहरु रहेका छन् ।
अन्नपूर्ण गाउँपालिका अन्तर्गत पर्ने विविध खालका पर्यटकीय दृश्यहरुलाई उजागर गर्नुपर्दा अन्नपूर्ण हिमाल विश्वकै गहिरो गल्छी अन्धगल्छी, रुप्से झरना, संसारमै परिचित पुनहिल, तातोपानी कुण्ड, खयरीबराह, प्यारीबराह, मोहरे डाडाँ, सम्पूर्ण मगरहरुको आस्थाको केन्द्र करपाकेली थान लगायतका रमणीय धार्मिक तथा ऐतिहासिक धरोहरहरु यस गाउँपालिका भित्र पर्दछन् । जसले अन्नपूर्ण गाउँपालिकाको शोभा बढाइरहेको छन् । यस गाउँपालिका अन्तर्गत रहेको गुराँसे जङ्गललाई राष्ट्रिय गुराँस बगैँचा निर्माण गर्ने परिकल्पना गरिएको छ । नेपालकै लामो अन्नपूर्ण पदमार्गले समेत यस गाउँपालिकालाई छोएको छ । यस अन्नपूर्ण अन्तर्गत मिरस्त्री, घलेम्दी, कालीगण्डकी पहिलो र कालीगण्डकी दोस्रो जलविद्युत आयोजनाहरु यस गाउँपालिका अन्तर्गत निर्माणाधिन छन् । यो गाउँपालिका जलउर्जाको हिसाबले पनि प्रचुर सम्भाव्यता बोकेको क्षेत्र हो । अन्नपूर्ण गाउँपालिका म्याग्दीको मात्र नभएर गण्डकी प्रदेश कै गहनाको रुपमा लिन सकिन्छ।
| वडा न. | पुरुषको सङख्या | महिलाको संख्या | जम्मा जनसङख्या | जम्मा घरधुरी संख्या |
क्षेत्रफल वर्ग कि.मि. |
| १ | ६१७ | ६७० | १२८७ | २७४ | १०.५५ |
| २ | ४९३ | ४७६ | ९६९ | २०६ | २२.५ |
| ३ | १११४ | १०४७ | २१६१ | ४७० | ५५.९४ |
| ४ | ८७२ | ९५३ | १८२५ | ४२९ | ३२१.१४ |
| ५ | ९४५ | १०६७ | २०१२ | ४७९ | ४३.९४ |
| ६ | १५८५ | १६९५ | ३२८० | ६२७ | ४२.५१ |
| ७ | ९४६ | ८९९ | १८४५ | ९४६ | ३३.८ |
| ८ | ८०४ | ८२३ | १६२७ | ४१३ | २६.०३ |
| जम्मा | ७३७६ | ७६३० | १५००६ | ३२९९ | ५५६.४१ |
(अन्नपुर्ण गाउँपालिकाको घरधुरी सर्वेक्षण २०७९ अनुसार )
जम्मा जनसङ्ख्या :१५००६
महिला : ७६३०
पुरुष :७३७६
घरधुरी संख्या :३२९९