FAQs Complain Problems

सुचना

सूचना तथा समाचार

, ,

अन्नपूर्ण गाउँपालिका सार्वजनिक-निजी साझेदारी सम्बन्धी ऐन, २०७६ को दफा १७ बमोजिम प्राकृतिक तातोपानी पाउद्वार कुण्डलाई व्यवस्थित बनाउनका लागि डिजाइन, निर्माण सञ्चालन र हस्तान्तरण गर्ने विधि मार्फत सार्वजनिक निजी साझेदारीमा सञ्चालनको लागि

मनाशयपत्र आह्वान सम्बन्धी सूचना (मनाशयपत्र आह्वान नं. ०१/सानिसा/०८०/८१)

प्रथम पटक प्रकाशित मिति : २०८१।०२।२९

( नोट : २०८१।०२।२९ को रिखार दैनिक मा प्रथम पटक प्रकाशित मिति २०८१।०२।२९ हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्चाईएको व्यहोरा जानकारीको लागि अनुरोध छ।)

ठाकुरप्रसाद आचार्य

खोप्रालेक, (म्याग्दी) कात्तिक ८ गते । म्याग्दीको अन्पूर्ण गाउँपालिका ५ पाउद्धारको टुप्पोमा रहेको खोप्रालेकमा पर्यटकको चहलपहल बढेको छ । पर्यटन सिजन सुरु भएलगत्तै खोप्रालेकमा आउने आन्तरिक एवम् वाह्य पर्यटकको संख्यामा वृद्धि भएको हो । 
आकर्षक पर्यटकीय गन्तव्यका रुपमा देशविदेशमा खोप्रालेकले चर्चा पाउन थालेपछि यहाँको भ्रमणमा आउने पर्यटको संख्या बढ्न थालेको छ । खोप्रालेकबाट धौलागिरी,अन्नपूर्ण,निलगिरी, चुरने,गुर्जा लगायतका हिमशृङ्खलाको नजिकबाट अवलोकन गर्न सकिन्छ । 
दशैं र तिहार विदाको समय पारेर खोप्रा र खयरलेकको भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि भएको खोप्रा सामुदायिक लजका प्रबन्धक नविन पुनले बताउनुभयो । 
दैनिक रुपमा आन्तरिक र वाह्ै गरि पचास देखि एकसयको हारहारीमा पर्यटकहरु आउने गरेको उहाँले बताउनुभयो । पर्यटकको चाप वढेपछि खान र वस्ने व्यस्था मिलाउनका कठिन हुनथालेको उहाँले बताउनुभयो । 
यहाँ आउन निकै कठिन महशुस भएको थियो पहिलो पटक खोप्रा आएकी बागलुङकी प्रमिला कुँबरले भन्नुभयो ‘यहाँ आइसकेपछि स्वर्गको अनुभूति भयो ।’ नजिकबाट हिमालहरुको दृश्यवलोकन गर्न सकिने खोप्रा साच्चिकै मनमोहक छ उहाँले भन्नुभयो । 
यस्तै घार स्थायी घर भई हाल पोखरामा अध्ययन गर्ने प्रशन्न खड्का क्षेत्रीको अनुभव पनि उस्तै छ । घारबाट दिनभरको यात्रा पछि खोप्रा आउनुभएकी क्षेत्रीले दिनभरको थकानलाई यहाँको सौन्दर्यताले विर्साइदिएको बताउनुभयो । 
भौतिक पूर्वाधारको विकास गर्नुका साथै प्रचारप्रसार गर्न सकेमा खोप्रालाई म्याग्दीकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने संभावना रहेको उहाँले बताउनुभयो । 
यस्तै पोखरा बुद्धचोकका प्रेम कार्कीले खोप्रामा आन्तरिक पर्यटकलाई वृद्धि गर्नका लागि यहाँको भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । पहिलो पटक खोप्राको भ्रमणमा आउनुभएका कार्कीले यहाँको सुन्दरताका वारेमा थप प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

 

अन्नपूर्ण गाउँपालिका ५ पाउद्धार र ८ नागीका स्थानीयले खोलेको सामुदायिक होटलमा २४ जना पर्यटक मात्र वस्न सक्ने क्षमता छ । पर्यटकको संख्यामा वृद्धि भएपछि पर्यटकलाई टेन्टमा राख्ने व्यवस्था मिलाइएको प्रबन्धक पुनले बताउनुभयो । 
पहिला फाटुफुट मात्र पर्यटकहरु आउने गर्दथे प्रबन्धक पुनले भन्नुभयो ‘पछिल्लो समय पर्यटकको आगमनमा वृद्धि हुनथालेपछि अहिलेको लजको क्षमताले धान्न नसकेपछि लजको क्षमता विस्तार गर्न लागेका छौं ।’ 
सामुदायिक लज र फ्रेन्च नागरिक बेथोको संयुक्त लगानीमा लजको क्षमता विस्तार गर्न लागिएको उहाँले बताउनुभयो । 
करिव ३ करोडको लागतमा सुविधा सम्पन्न लज निर्माण गर्न थालिएको छ । अहिले सम्म ६४ लाख रुपियाँ खर्च भइसेको सामुदायिक लज व्यवस्थापन समितिका कोषाध्यक्ष भिमवहादुर पुनले बताउनुभयो । आगमी दुइवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । 
सामाजिक अभियान्ता महाविर पुनको पहलमा २०५३ बाट खोप्रामा सामुदायिक लजको निर्माण गरिएको थियो । लजबाट प्राप्त आम्दानी पाउद्धार मावि पाउद्धार र हिमाञ्चल मावि नागीको शैक्षिक विकासका लागि खर्चिने गरिएको छ । 
गत वर्ष लजबाट ३७ लाख रुपियाँ आम्दानी भएको कोषाध्यक्ष पुनले बताउनुभयो । पर्यटकको सुविधाका लागि लजमा २४ सै घण्टा फ्रि वाईफाईको साथै विद्युतको सुविधा समेत गरिएको छ ।