सुचना
संस्था दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु:
–विधान वा नियमावली,निबेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
–संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद,नतिरेको भए तिर्नु÷बुझाउनु पर्ने ।
–संस्था आफनै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि ।
–चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
प्रक्रिया:
–निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने ।
–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
–निबेदन दर्ता गर्ने ।
–तोकिएको कर्मचारीले आबश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ।
–निबेदकले तोकिएको शुल्क बुझाउने ।
–चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने ।